उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित, थप दुइ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप दुइ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie