उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie