उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८८८, ललितपुरमा २७७, भक्तपुरमा ११८ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक जना महिला र दुइ जना पुरुष तथा ललितपुरमा एक जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie