उपत्यकामा कोरोना संक्रमित हुनेहरु एक लाख नाघे

काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएसँगै उपत्यकाको कुल संक्रमितको संख्या एक लाख ८७२ पुगेको हो । उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । उनीहरुमध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् । यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना छन् । उनीहरुमध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् । भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।
उपत्यकाका कोरोना भाइरस संक्रमितको संख्या देशभरकै कुल संक्रमितको ४६।४९ प्रतिशत हो । उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie