उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि प्रदर्शन

सिरहा । सिरहाको लाहनस्थित डिभाइन हेल्थ केयर अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तले छानविनको माग गर्दै प्रदर्शन गरेका छन । सुखीपुर नगरपालिका ९ बैशाखा मोहनपुरको २७ बर्षिया आरती साहको गएराति उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले ज्यान भएको भन्दै आज प्रदर्शन गरेका हुन । उनीहरुले दोषिलाई कारवाही र क्षतिपूर्तिको माग राखेका छन । घटनापछि आफन्तले महिलाको शव समेत बुझ्न अस्वीकार गरेका छन । सुत्केरी हुने क्रममा महिलाको मृत्यु भएपछि बच्चाको अवस्था भने सामान्य रहेको छ । दोस्रो सन्तान जन्माउने समयमा महिलाको ज्यान गएको हो । महिलाको मृत्यु भएपछि चिकित्सक र अस्पताल प्रशासन सम्पर्क विहिन रहेको छ । आफन्तले प्रदर्शन थालेपछि अस्पतालमा सुरक्षाकर्मी खटाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie