उद्योग वाणिज्य महासंघ को महाधिवेशन मंसिर ११ र १२ गते

काठमाडौ । कोरोनाका कारण पटक पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औँ महाधिवेशन आउँदो मंसिर ११ र १२ गते हुने भएको छ । निर्वाचन समितिले सूचना जारी गर्दै मंसिर ४ गते साँझ ५ बजेसम्म मनोनयन दाखिलाको समय निर्धारण गरिएको छ । गत वर्षको चैतमै हुनुपर्ने निर्वाचन कोरोना भाइरसको त्रासका कारण स्थगित हुँदै आएको छ । पछि साउनमा निर्वाचन गर्ने भनिएपनि कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण दुइ पटकसम्म मिति सारिएको थियो । आगामी कार्यकालका लागि शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । अहिलेको कार्यकालको वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने प्रायः निश्चित छ । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्रतिस्पर्धा गर्दैछन् । कार्यतालिका अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन स्थानमा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie