उद्योग वाणिज्य महासंघको साधारण सभा एक महिना सार्ने तयारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पनि सर्ने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीमा महासंघको साधारण सभा गर्न उपयुक्त नहुने भन्दै एक महिना पछिका लागि साधारण सभा सार्ने तयारी गरिएको हो ।

यसका विषयमा निर्णय गर्न महासंघको पदाधिकारी बैठक आज बस्दैछ । महासंघको साधारण सभा यही चैत २८ र २९ गतेका लागि तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie