उखु किसानहरुद्वारा बिहीबार हलो र जुवासहित प्रदर्शन

काठमाडौं: उखुको बाँकी रकम भुक्तानीको माग गर्दै किसानहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् ।

सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । वार्ताका लागि सरकारले पठाएको पत्रको बिहीबार लिखित जवाफ दिदै सर्लाही उखु किसान संघर्ष समितिले उद्योग मन्त्रालयले उद्योगीहरुबाट आफुहरुको भुक्तानी नदिलाएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएको छ । किसानले पठाएको जवाफमा प्रधानमन्त्री राहत कोष या अन्य कोषवाट किसानको रकम भुक्तानी गर्न र उद्योगीहरुबाट सरकारले व्याजसहित रकम असुल उपर गरि भुक्तानी गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन । आफुहरुको सर्त अनुसारको वातावरण नभएसम्म वार्तामा नवस्ने उनीहरुको अडान छ । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । चिनी मिलले किसानको करिव ९० करोड रुपैया भुक्तानी दिन बाँकी छ ।

तपाईको प्रतिक्रिया

Techie