उखु किसानलाई दिइएको भाका आज सकिँदै, अझै पाएनन् पूरै भुक्तानी

काठमाडौं : सरकारले चिनी उद्योगीलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानले पूरै भुक्तानी भने पाएनन् । चिनी उद्योगीहरुले किसानलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् ।

बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसानले पुसको पहिलो साता काठमाडौं आइ आन्दोलन गरेका थिए । आन्दोलनको दबाबपछि पुस १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीवापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराउने गरी उखु किसानँंग पाँच बुँदे सहमति गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie