इराकको प्रधानमन्त्रीमा अल्लवी नियुक्त

इराक : इराकमा मोहम्मद तौफिक अल्लवी नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । सरकार विरोधी आन्दोलन जारी नै रहेको समयमा राष्ट्रपति बार्हम सालिहले अल्लवीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । इराकको संसदले राष्ट्रपतिलाई दवाव दिएपछि राष्ट्रपतिले प्रधानामन्त्री नियुक्त गरेका हुन् ।

अल्लावीले आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफ्ना माग सम्बोधन नगर्ने भन्दै विरोध जनाएका छन् ।

प्रधानमन्त्री नियुक्तीको विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा प्रदर्शन समेत भएको छ । इराकमा अक्टोबरदेखि सरकार विरोधी आन्दोलन जारी छ । प्रधानमन्त्री अडेल अब्दुल महदीले राजीनामा दिएपछिपनि सरकार विरोधी प्रदर्शन जारी छ ।

तपाईको प्रतिक्रिया

Techie