इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेका बिधाथहरुको विरोध

चीनबाट एमबिबिएस उतिर्ण गरेका बिधार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि पुरा हुन नसकेको उनीहरुको भनाई छ । मापदण्ड पुरा गरेका १५५ बिद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउदा भविष्य नै अन्यौलमा परेको गुनासो गरेका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने बताएको छ । यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसीप गर्न रोकिएको बिद्यार्थीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Techie