इटालीले यात्रा प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी : इटालीले कोरोना भाइरसका कारण लगाउँदै आएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । दुई महिना भन्दा बढी समय लकडाउनमा रहेको इटालीले सामान्य जनजीवन सामान्य रुपमा फर्काउन लागेको हो ।

सो क्रममा सरकारले आउँदो जुन ३ देखि यात्रा प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको हो । लकडाउन खुकुलो बनाउने क्रममा इटालीले देशबाट हुने र देशमा हुने यात्रा पनि खुल्ला हुने भएको छ । विभिन्न क्षेत्रको यात्रामा लागू गरिएको प्रतिबन्ध पनि जुन तीन देखि नै हटने छ ।

कोरोना संक्रमणबाट इटालीमा हालसम्म ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ । दुई लाख २३ हजार ८ सय भन्दा बढी संक्रमित भएका छन् । कोरोनावाट सबैभन्दा बढि प्रभावित इटालीमा केही समयदेखि संक्तमण र मृत्युदर घट्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie