इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६६ पुग्यो

एजेन्सी : इटालीमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तिव्र भएको छ । गत २४ घण्टामा थप १ सय ३३ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ । सङ्क्रमितको संख्या ७ हजार ३७५ पुगेको छ ।

सङ्क्रमण हुने र मर्नेको संख्या बढेपछि सरकारले थप सतर्कता अपनाइएको छ । लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । १ करोड ६० लाख मानिसलाई आउँदाे चैत २१ गतेसम्मका लागि क्वारेन्टाइनमा राखिएको छ ।

इरानमा पनि थप ४९ जनाको मृत्यु भएको छ । ७ सय ४३ जना नयाँ बिरामी भेटिएका छन् । कोरोना संक्रमण १ सय ४ देशमा पुगिसकेको छ । १ लाख १० हजार मानिस सङ्क्रमित भएका छन् । ३ हजार ८ सय सय ५ जनाको मृत्यु भएको छ । ६१ हजार संक्रमितहरु भने उपचारपछि घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया

Techie