इच्छाकामना पञ्चमी मेला यस वर्ष नहुने

काठमाडौ । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।
हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष मङ्सिर १९ र २० गते परेका थिए । मङ्सिर २० गते बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जनाएका छन् ।

रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ । गत वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie