इगा स्वान्ताक करियरकै पहिलो ग्रान्ड स्लामरु फ्रेन्च ओपनको उपाधि जित्न सफल

पोल्यान्डकी १९ बर्षिया इगा स्वान्ताक करियरकै पहिलो ग्रान्ड स्लामरु फ्रेन्च ओपनको उपाधि जित्न सफल भएकी छिन । अष्ट्रेलियन ओपन विजेता तथा दाबेदार अमेरिकन सोफिया केनिनलाई अत्यन्त सहज नतिजामा हराउँदै ईगा पोल्यान्डको लागि ग्रान्ड स्लामरु सिंग्लस जित्ने पहिलो खेलाडी समेत बनेकी छिन । दुई युवा खेलाडी रोलान गारोसमा आम्ने साम्ने हुदा फ्रेन्च ओपनले नयाँ च्याम्पियन पाउने निश्चित थियो । जहाँ विश्व वरियतामा ५४ औ स्थानमा रहेकी ईगालाई अष्ट्रेलियन ओपन विजेता सोफियाले कडा चुनौती दिने अनुमान गरिएको थियो । तर ठिक विपरित पहिलो पटक ग्रान्ड स्लामको फाइनल खेलिरहेकी ईगाले सोफियालाई कुनै मौका दिइनन । पहिलो सेट ६–४ ले जितिन । एक सेट गुमाएकी सोफिया दोस्रो सेटमा झनै निरिह बन्दा ६–१ ले दोस्रो सेट जिती ईगा करियरकै अहिलेसम्मकै ठूलो सफलता पा्रप्त गर्न सफल भईन । विश्व वरियताक्रममा निकै तल रहेकी खेलाडी भए पनि उनले यो सफलता प्राप्त गर्ने क्रममा एक सेट पनि नगुमाई उपाधि उचालिन ।

तपाईको प्रतिक्रिया

Techie