आरसिटी र श्री कुमारी क्लब १–१ गोलको बराबरीमा

काठमाडौंः राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ ।बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २२ औं मिनेटमा युवराज राईले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसंगै ९ खेलबाट १३ अंक जोडेको आरसिटी लिगको पाँचौं स्थानमा रहेको छ । ९ खेलमा ८ अंक जोडेको कुमारी नवौ स्थानमा रहेको छ । लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । एन्फा कम्प्लेक्समा खेलमा श्री भगवतीलाई जित दिलाउन आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक एक गोल फर्काए । भगवतीका लागि आशिषले ११औँ, नवराजले ५६औँ र मोहनले ८२ औं मिनेटमा गोल गरे । झम्सिखेलका लागि मदनले ३२औँ र अनिशले ६८औँ मिनेटमा एक–एक गोल फर्काए । जितसँगै ९ खेलबाट ९ अंक जोडेको श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा ६ अंक जोडेको झम्सिखेल लिगको ११औ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie