आरडीटी पोजेटिभ देखिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं : र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका काठमाडौमा कार्यरत दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका कैदीलाई स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

दुई पटक गरिएको दुई पटक गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो । उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ ।

टेकु अस्पतालको आइसोलेशनमा भर्ना गरिएका उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । हालसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie