आबेले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

काठमाडौ । जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
त्यसैको प्रतिक्रिया स्वरुप बुधबार बिहान ट्वीट गर्दै आबेले आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।

स्वास्थ्यका कारण कार्यकाल सकिनु एक वर्षअगावै राजीनामा दिएपछि विश्वभरका नेताहरूले प्रधानमन्त्री आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। आबेले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने विश्वका सबै राष्ट्र प्रमुखलाई धन्यवाद दिएका छन्।

६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

 

तपाईको प्रतिक्रिया

Techie