आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको ट्रम्पको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन । अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै सार्वजनिक एक भिडियो सन्देशमा ट्रम्पले बताएका छन । अबका केही दिनहरु बास्तविक परीक्षाको घडी भएको राष्ट्रपति ट्रम्पको भनाइ छ । उनलृ आफु अब चाँडै नै फर्केर आउन भन्दै जुन रुपमा चुनावी अभियान सुरु गरिएको थियो त्यही रुपमा पुनः अभियान सुरु गर्ने पनि बताएका छन । यसैविच अमेरिकाका विभिन्न स्थानमा मानिसहरु भेला भएर राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्प कोरोना भाइरस संक्रमण भएर भर्ना भएको वाशिङ्टन अवस्थित अस्पताल बाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनको स्वास्थ्यलाभको कामना गरेका हुन । ट्रम्प बसेको अस्पतालबाहिर विरोधीहरू पनि भेला भएका थिए । देशका विभिन्न स्थानमा ट्रम्पलाई चाँडो निको होस भनेर ¥यालीहरू समेत गरिएका छन । क्यालिफोर्नियामा उनको समर्थनमा कार ¥याली निकालिएको छ । फ्लोरिडामा समर्थकले डुङ्गा ¥याली गरेका छन । ट्रम्पलाई शुक्रवार संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य टोलीले ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर ढुक्क हुने अवस्था अझै नआएको चिकित्सकले बताएका छन ।।

तपाईको प्रतिक्रिया

Techie