आफ्नो पक्षमा बहुमत देखाउन प्रधानमन्त्री स्वयं सांसदहरुको हस्ताक्षर संकलनमा लागे

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै हस्ताक्षर संकलन गरेका छन् । पार्टी भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा पार्टी अध्यक्ष समेत रहेका ओलीले बहुमत जुटाउन सांसदको हस्ताक्षर गरेका हुन । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका गरी करिब सय जना सांसदले हस्ताक्षर गरिसकेको ओलीको पक्षको दाबी छ । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री पद छाड्न दबाब दिइरहेका बेला ओलीले आफ्नो पक्षमा सांसदको बहुमत जुटाउन हस्ताक्षर थालेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल पक्षले पनि ओलीविरुद्ध हस्ताक्षर संकलन गरिरहेको बताईएको छ । सचिवालयमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले हस्ताक्षर गरेको नेताहरूको दाबी छ । आज विहान वालुबाटारमा भएको भेलामा पनि सांसदहरुले बहुमत देखाएर अगाडि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए

तपाईको प्रतिक्रिया

Techie