आधारभुत सुबिधा पनि नपाएको कोरोना संक्रमितको गुनासो, स्थानीय स्तरमा विरोध

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा रहेका कोरोना संक्रमितले आधारभुत सुबिधा पनि नपाएको भन्दै विरोध भएको छ । अस्पतालमा रहेका ७० जना संक्रमितले खाने, बस्ने र सरसफाई जस्ता कुरामा ध्यान नदिइएको गुनासो एभिन्यूज खबरमार्फत सार्वजनिक गरेपछि स्थानीय स्तरमा त्यसको विरोध भएको हो । संक्रमितहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको सुबिधा उपलब्ध गराउन पर्साका राजनीतिज्ञहरुले माग गरेका छन् ।
स्वास्थ्य अवस्था बुझ्न चिकित्सकहरु समेत नआउने गरेको संक्रमितहरुको गुनासो छ । संक्रमितहरुलाई आधारभूत सुबिधा नदिइ राख्नेमाथि कारवाही हुनुपर्ने माग समेत उठेको छ ।
अस्पतालले गुणस्तरहिन खाना ख्वाएको, सौचालय र आइसोलेसन कक्ष समेत आफै सफा गर्नुपरेको गुनासो अस्पतालमा भर्ना भएकाहरुको छ । आधारभुत सुबिधा नभएकै कारण केही दिनअघि दुई जना संक्रमित अस्पतालवाट भागेका थिए । संक्रमितका लागि सानो पाइला र गिरिजाप्रसाद फाउण्डेशनले खाना र खाजा ख्वाउने प्रतिबद्धता समेत जनाएका छन् ।।

तपाईको प्रतिक्रिया

Techie