आज हरितालिका तीज मनाइँदै, कोरोना त्रासका कारण शिवालय भने सुनसान

काठमाडौं : हिन्दु महिलाहरुले निराहार व्रत बसी हरितालिका तीज आज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यता छ । तीजमा महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत र पूजाआजा प्रभावित भएको छ ।

नेपाल पन्चाङ्ग निर्णायक समितिले पनि सरकारको आदेश पालना गर्दै तीज मनाउने दिदीबहिनीले घरमै बसेर तीज मनाउन आग्रह गरेको छ । व्रतका दिन विभिन्न शिवालय जानुको सट्टा घरमै शिव थापेर विधिपूर्वक पूजा गर्न समितिको सुझाव छ ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ ।

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथ लगायत विभिन्न शिवालय सुनसान छन् । अघिल्ला वर्षहरुमा भक्तजनहरुको घुइचो लाग्ने मन्दिर कोरोना भाइरसको महामारीका कारण बन्द गरिएका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२२ कार्तिक २०७७, शनिबार ०७:२४ २२ कार्तिक २०७७, शनिबार ०७:२४

एजेन्सी : अमेरिकाको…

२७ असार २०७७, शनिबार १६:३१ २७ असार २०७७, शनिबार १६:३१

काठमाडौं : काठमाडौंका…

१० श्रावण २०७७, शनिबार १३:१७ १० श्रावण २०७७, शनिबार १३:१७

तस्विर : नवीन श्रेष्ठ…

Techie