आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं : आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ ।

विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।

प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन दिवस मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie