आज कानून दिवस मनाइँदै

काठमाडौं : कानून र न्याय क्षेत्रमा संलग्नहरुले आज कानून दिवस मनाउँदै छन् । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणका कारण यो बर्ष दिवसका अबसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

कोरोना भाइरस संक्रमणका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएका कारण एक आपसमा शुभकामना आदानप्रदान गरी यस वर्षको कानून दिवस मनाउन सर्वोच्च अदालतले आग्रह गरेको छ ।

शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

उनले महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले संकुचन सहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie