आजबाट लगातार तिन दिन खोप ल्याउन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका नेपाल वायु सेवा निगमको जहाज आज चीन जाने भएको छ। खोप लिएर उक्त जहाज भोलि बिहिबार बिहान  काठमाडौं आइपुग्ने छ । खोप लिन बिहीबार साँझ जहाज पुनः बेइजिङ गएर पर्सी शुक्रबार बिहान काठमाडौं आइपुग्ने छ ।

थप खोप ल्याउन निगमको जहाज शनिबार राती पुनः बेइजिङ जाने छ ।सो जहाज आइतबार काठमाडौं आउने छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । जहाजले एक पटकमा ८ लाख हाराहारीमा खोप ल्याउने छ ।

यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो।चीन सरकारसँग नेपाल सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन लागेको हो। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो।

तपाईको प्रतिक्रिया

Techie