आजदेखि कालीमाटी तरकारी बजार बन्द

Vendors at the Kalimati Fruits and Vegetables Market await costumers, on Tuesday, October 31, 2017. Photo: RSS

काठमाडौं : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द भएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।

बजारमा आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै हुनेछ । महानगरपालिकाले लकडाउन अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध भएको छ ।

कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको व्यवस्था मिलाइएको छ ।

  • Yekdamm sahi hoo yesto mahamari veed kai karan failinx vanne kura hamile ramro sanga bujhepaxi yati ta garnai parx thank u so much

तपाईको प्रतिक्रिया

Techie