आईसीसी बरियतामा नेपाल ३ स्थान तल झर्‍यो

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ टी २० बरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो । तर लगातारको खराब प्रदर्शनका कारण नेपालको बरियतामा ठुलो गिरावट आएको हो । नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ ।

नेपालको टी-२० बरियतामा उच्च स्थान ११ औं हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय बरियतामा भने १६ औं स्थानमा रहेको छ ।

टी-२० बरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie