आईपीएल: आज साविक उपविजेता चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं: इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक उपविजेता चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नई र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । चौथो खेलमा प्रतिस्पर्धा गर्न लागेका दुबै टिम आज दोस्रो जितको खोजीमा हुनेछन । चेन्नई महेन्द्र सिंह धोनी र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रनेछन । दुबै टिमले अघिल्ला तीन खेलमध्ये एकमा जीत र दुईमा हार ब्यहोरेका थिए । लिगका तीन खेलमा दुई अंक जोडेको चेन्नई पुछार र हैदराबाद पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie