आइसोलेसन बेड निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाइ

काठमाडौ । सरकारले प्रदेश र स्थानीय तहलाई संक्रमण जोखिमको विश्लेषण गरी आइसोलेसन बेडको निर्माणको जिम्मा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमण व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलसन निर्माणको जिम्मेवारी दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए। काठमाडौं उपत्यकाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेबारी दिइएको छ । सरकारी अस्पताल तथा आवश्यकताा अनुसार नीजि, सामुदायिक, शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई प्रयोगमा ल्याएर आइसोलेसन व्यवस्था गरिने भएको हो । त्यसको सम्पूर्ण सुरक्षाको जिम्मवारी नेपाली सेनालाई दिइएको छ । प्रत्येक निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा कोभिड नियन्त्रण, उपचार र व्यवस्थापनका लागि भइरहेका प्रयासका बारेमा अनुगमन समिति बनाउने निर्णय पनि सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie