“अहिलेकै प्रक्रिया, ऐन, कानुन रहेसम्म पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको”

काठमाडौं:  कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै प्रक्रिया, ऐन, कानुन रहेसम्म पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन । ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भूसालले अहिलेकै अवस्थामा तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा जो आएपनि नसक्ने दाबी गरे । मन्त्री भूसालले कलकत्ताबाट आजकै व्यवस्था र तरिकाले मल ल्याउने हो भने दिनदिनै एउटा ‘डेडिकेटेड’ रेल आउने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री भूसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए । कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको उनले बताए ।

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक सरकारले केहीगर्न नसकेको उनको स्वीकारोक्ति थियो । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie