अस्वेत नागरिकको हत्याको विरोधमा कर्फ्युबीच अमेरिकाका दर्जनौं शहरमा प्रदर्शन

एजेन्सी : अफ्रिकी मूलका जर्ज फ्लोइडको हत्या प्रकरणको विरोधमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि अमेरिकाका प्रमुख शरहरुमा कर्फ्यु लगाइएको छ । क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, न्युयोर्क, ओहायो लगायत राज्यका २५ शहरमा कर्फ्यु लगाइएको हो ।

तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन । अमेरिकाका विभिन्न १६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् । केही स्थानमा प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् ।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । कतिपय सहरका पसलहरूमा लुटपाट समेत भएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही क्रममा अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन् । ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर चोटबाट जोगिन सफल भएका छन् ।

हत्यामा संलग्न ४४ वर्षीय पूर्वप्रहरीलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ । घटनापछि उनीसहित चार जना प्रहरीलाई बर्खास्त गरिएको छ । घटनास्थलमा रहेका अन्य तीन प्रहरीलाई पनि पदमुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie