अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशक यताकै गम्भीर मन्दी

एजेन्सी । अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशक यताकै पहिलोपटक गम्भीर मन्दी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा शुन्य दशमलब तीन प्रतिशतको गिरावट आएको थियो । लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक भएमा अर्थतन्त्रमा मन्दी आएको मानिन्छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताएक छन । प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताएका छन । कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि प्रभावित हुँदा अर्थतन्त्रमा इतिहासकै ठुलो गिरावट आएको हो । अहिलेको गिरावटलाई अष्ट्रेलियामा सन् १९५९ यता आर्थिक वृद्धिको तथ्यांक राख्न थालिए यता सबैभन्दा ठूलो गिरावट मानिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा समेत अष्ट्रेलियामा समस्या देखिएको थिएन ।

तपाईको प्रतिक्रिया

Techie