अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप दिइने, थप ५० लाख मात्रा खोप ल्याउने तयारी

काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।

सरकारले ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको हो ।

५५ वर्षभन्दा माथिका अनुमानित संख्या ५१ लाख ६४ हजार २ सय ६९ का लागि फागुन २३ देखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान सरकारले थाल्न लागेको हो ।

पहिलो चरणमा १० लाख खोप भारतले अनुदानमा दिएको थियो । सरकारले ५० लाख खोप सोझै खरिद प्रक्रियाबाट चाँडै ल्याउने तयारी गरेको छ । चीन सरकारले पनि पाँच लाख खोप दिने प्रतिबद्धता गरेको छ ।

कुल जनसंख्याको २० प्रतिशलाई खोप लगाइसकेपछि सरकारले निजी क्षेत्रलाई पनि तोकेको मूल्य र संस्थाबाट लगाउने गरी आयात गर्न अनुमति दिने तयारी गरेको छ । सबै नागरिकलाई खोप लगाउन कुल ४८ अर्ब ८३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie