अर्मेनिया र अजरबैजानबीचको दोस्रो शान्ति सम्झौता पनि कार्यान्वयन भएन, आक्रमण जारी

एजेन्सी : आर्मेनिया र अजरबैजानबीच दोस्रोपटक भएको युद्धविराम सहमति पनि उल्लंघन भएको छ। युद्धविराम सहमतिको केही मिनेटमै अजरबैजानले युद्धविराम उल्लंघन गरेको आरोप आर्मेनियाले लगाएको छ ।

आर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएको चार मिनेटमै अजरबैजानले गोली चलाउनुका साथै रकेटसमेत प्रहार गरेको जनाएका हुन् । अजरबैजानले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

विवादित नागोर्नो काराबाख क्षेत्रको विषयलाई लिएर दुई देशबीच दोस्रोपटक युद्धविराम भएको थियो । सो सम्झौता आइतबार रातिदेखि कार्यान्वयनमा आएको थियो । गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो ।

यसअघि पनि रुसको मध्यस्थतामा दुवै देशबीच युद्धविराम भए पनि भोलिपल्टै उल्लंघन भएको थियो । सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको हो । सो युद्धमा परेर तीन सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie