अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै

sf7df8f}F, !% kmfu'gM /fli6«o;efsf] a}7s ;+3Lo ;+;b ejg gofFafg]Zjdf laxLaf/ a;]sf] /fli6«o;efsf] a}7sdf ;xefuL ;b:o . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं : राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सांसदको कार्यकाल सकिन लागेको हो । नेकपाका ९, कांग्रेसका ७, राजपाका दुई र समाजवादीका एक सांसद बाहिरिने भएका हुन् ।

आजदेखि बिदाइ हुने सांसदहरुले आजको राष्ट्रिय सभा बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको छ । त्यसअघि संसद भवनमा सामुहिक फोटोसेसन हुनेछ । दुईबर्षे कार्यकाल सकिने भएपछि रिक्त पदका लागि यसअघि नै राष्ट्रिय सभा निर्वाचन भइसकेको छ ।

नवनिर्वाचित १८ सांसदको शपथ भोली एघार बजेका लागि तय गरिएको छ । सरकारको सिफारिसमा मनोनित गर्नेमा भने नेकपा उपाध्यक्ष बामदेव गौतम कि वर्तमान अर्थमन्त्री युवराज खतिबडा हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पार्टीका एकजना सांसद रहनेछन् । ५९ सदस्सीय राष्ट्रिय सभामा बाँकी सबै सत्तारुढ नेकपाका सांसद हुनेछन् ।

तपाईको प्रतिक्रिया

Techie