अम्पुन आँधीको असर नेपालमा पनि देखिने, वर्षाको सम्भावना

काठमाडौं : बंगालको खाडीबाट अम्पुन नामको शक्तिशाली आँधीको असर नेपालमा पनि देखिने भएको छ । दक्षिण बङ्गालको खाडीको मध्य भागबाट अघि बढेको आँधीको असर असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आँधी शक्तिशाली हुने क्रममा आजबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ । यसले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पारेर वर्षा गराउने छ ।

पश्चिम भूभागमा भने तुलनात्मक रुपममा कम वर्षा हुनेछ । दुई/तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक/दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना महाशाखाले औल्याएको छ ।

अम्पुनले नेपालमा मनसुन भित्राउने आवश्यक वातावरण बनाउने छ । यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुुझाव मौसमविद्को छ ।

तपाईको प्रतिक्रिया

Techie