अमेरिकी राष्ट्रपति ट्रम्पलाइ युट्युबमा प्रतिबन्ध

एजेन्सी । युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ । ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको हो । युट्युबले कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ । पछिल्लो युट्युब भिडियोमा ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनको च्यानललाई प्रतिबन्ध लगाइएको हो । उक्त भिडियो अहिले युटयुवले हटाइदिएको छ । युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन् । गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका छन । यसअघि ट्वीटर र फेसबुकले ट्रम्पका खाता निलम्बन गरेका थिए । ट्रम्पको ट्वीटर खाता सँधैको लागि बन्द गरिएको छ । फेसबुक पेजमा पनि आंशिक प्रतिबन्ध लागेको छ ।

तपाईको प्रतिक्रिया

Techie