अमेरिका उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु : किम जोङ

एजेन्सी : उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तारुढ वर्कर्स पार्टीको आठौं कंग्रेसलाई सम्बोधन गर्दै किमले अमेरिकाको सत्तामा जो नै आए पनि आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको बताएका हुन् ।

किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता विस्तार गर्ने पनि घोषणा गरेका छन् । न्यूक्लियर क्षमता बढाउने योजनाले लगभग पुर्णता पाउने अवस्था पुगेको उनको भनाइ छ ।

शत्रु शक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग नगर्नेपनि उनले बताएका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेला हुँदै गर्दा नेता किमको भनाइ आएको हो ।

अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका उत्तरको पछिल्लो धारणा आएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले जनवरी २० मा शपथ लिँदै छन् ।

तपाईको प्रतिक्रिया

Techie