अमेरिकाको जर्जियामा गोलीबारी हुँदा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियामा छुट्टा छुट्ुटै तीनस्थानमा गोलीबारी हँुदा ६ एशियाली महिला सहित आठ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अटलंटाको उत्तरमा रहेको एउटा सबअर्बस्थित मसाज पार्लरमा गोली लागी चार जनाको मृत्यु भएको छ । यसैगरी अर्का एउटा मसाज पार्लरमा गोलीबारी हँदा अन्य चार जना मारिएका छन । घटनामा संलग्न रहेको आशंकामा २१ वर्षिय एक युवक रोबर्ट आरोनलाई गिरफ्तार गरिएको छ । पक्राउ परेको युवकले नै दुवै घटना गराएको अनुमान गरिएको छ । मसाज पार्लरमा विशेष गरी एशियाली महिलालाई निसाना किन बनाइएको हो बारेमा केही खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

Techie