अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या दैनिक १ लाख हुन सक्ने अनुमान

एजेन्सी : अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने अनुमान गरिएको छ । अमेरिकीका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले सिनेटमा भएको सुनुवाईको क्रममा संक्रमितको संख्या बढ्न सक्ने बताएका हुन् ।

सिनेटमा बयानमा उनले महामारीलाई नियन्त्रणमा लिन नसकिएको पनि उल्लेख गरे । अमेरिकीहरुले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायहरु अझै पनि प्रभावकारी रुपमा नअपनाउँदा स्थिती अझै गम्भीर बनेको उनको भनाइ थियो ।

सुनुवाईको क्रममा डा. फाउचीले अहिले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको बताए । उनले उल्लेख गरेका राज्यहरु फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्निया हुन् । एक महिनादेखि लकडाउन खुकुलो पारेसँगै अमेरिकामा संक्रमितको संख्या बढ्दै गएको छ ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण १ लाख ३० हजार भन्दा बढीको मृत्यु भएको छ । २७ लाख २७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Techie