अफगानिस्तान बम बिस्फोट: कम्तिमा १७ जनाको मृत्यु

काठमाडौं: अफगानिस्तानको बामियान प्रान्तमा दुई वटा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । ४५ बढी घाइते भएका छन् । बामियान शहरको मुख्य बजारको सडक छेउमा राखिएका बम बिस्फोट हुँदा १२ सर्वसाधारण र सुरक्षाकर्मीको मृत्यु भएको हो । साँझको समयमा अल्पसंख्य समुदायको बाहुल्यता रहेको व्यस्त बजारमा बिस्फोटक पदार्थ भरिएका गाडी दुई छुट्टाछुट्टै स्थानमा बिस्फोट गराइएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन । तर आक्रमणमा तालिवानको सग्लनताको आशंका गरिएको छ । तुलनात्मक रुपमा सुरक्षित मानिने बामियानको स्थानीय जातीय समुहले सदैव तालिवानको प्रतिकार गर्दै आएको छ । यो बर्ष सन् २०२० को नौ महिनाको अवधिमा भएका विभिन्न हिंसा र आक्रमणमा परि करिब छ हजार जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie