अफगानिस्तानमा बाढी पहिरोको वितण्डा : एक सयभन्दा बढीको मृत्यु

एजेन्सी : अफगानिस्तानमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । बाढीले उत्तरी क्षेत्रको परवान राज्यमा बढी क्षति पुर्‍याएको छ ।

भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या बढनसक्ने अनुमान गरिएको छ । बाढी पहिरोमा परेर पाँच सय भन्दा बढी घरहरु भत्किएका छन् ।

सयौं सवारी साधन पुरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्दार र राहतको काम जारी रहेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie