अध्यक्ष दाहालमाथि जुत्ता प्रहारको छानविन गर्न प्रहरीद्वारा समिति गठन

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार प्रकरणको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ को नेतृत्वको तीन सदस्सीय छानविन समिति गठन गरेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको नेतृत्वमा छानविन समिति गठन भएको हो ।

समितिले दाहालमाथि आइतबार भएको आक्रमण प्रयासको बारेमा अनुसन्धान गर्नेछ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका दाहालमाथि जुम्लाका रतन तिरुवाले राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका थिए ।

त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । रतनविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको छ ।

उनले युद्धकालीन समयमा गरेका कुरा र अहिले गरेको व्यवहार चित्त नबुझेको भन्दै जुत्ता प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् । उनको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie