अदालतले सही फैसला गर्छ: प्रचण्ड

काठमाडौं । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताए ।
धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको ‘प्रचण्ड’ले आरोप लगाए । उपलब्धी अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजे पनि आफूहरु त्यसविरुद्ध पुस ५ गतेदेखि देशव्यापी युद्धमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया

Techie