अखिलका विद्यार्थी नेता एलबी सिंहद्वारा सुदूरपश्चिम फाउण्डेशनलाई सहयोग

धनगढी : अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य लोकेन्द्र बहादुर सिंह(एलबी)ले जन्मदिनको अवसरमा सुदूरपश्चिम फाउन्डेसनलाई सहयोग गरेका छन् । आफ्नो ३३ औँ जन्मदिनको अवसर पारेर उनले गरिब, असहायहरूको क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनलाई सहयोग गरेका हुन् ।

फाउन्डेसनका अध्यक्ष भरत शाहलाई एक कार्यक्रमका बिच उक्त सहयोग हस्तान्तरण गरिएको हो । सुदूरपश्चिमका युवाहरूको सक्रियतामा समाज सेवा तथा प्रदेशका विपन्न नागरिकहरूको सहयोगमा फाउन्डेसन विगत लामो समयदेखि लागिपरेको छ ।

तपाईको प्रतिक्रिया

Techie